सामुदायिक प्रहरीका अध्यक्ष नै जिल्ला प्रहरी कार्यालय बाँके लगायतका सरकारी कार्यालयहरु आगजनी र तोडफोडमा संलग्न

सामुदायिक प्रहरीका अध्यक्ष नै जिल्ला प्रहरी कार्यालय बाँके लगायतका सरकारी कार्यालयहरु आगजनी र तोडफोडमा संलग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ असोज २०८२
  • 3.5K
    Shares

पोखरा, २ असोज २०८२।

नेपाल प्रहरीलाई सहयोग र समर्थन गर्न बाँके जिल्लामा गठित एक सामुदायिक प्रहरी इकाईका अध्यक्ष नै जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न रहेको पाइएको छ।

सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको पाइएको छ। उनीसहित दीपक टमाटालाई प्रहरीले सोही आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उनले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको दाबी गरे।

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरेको केही दिनमै उनीहरु पक्राउ परेका हुन्।

नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार