तनहुँमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मल्लको घटनास्थलमै निधन

तनहुँमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मल्लको घटनास्थलमै निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ असोज २०८२
  • 11K
    Shares

पोखरा, २ असोज २०८२।

तनहुँमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ।

भानु नगरपालिका–९ रानीपानीमा ग १ क ३४८२ नम्बरको टिप्परले मङ्गलबार राति ग ५ प १६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको निधन भएको हो।

उक्त घटनामा मोटरसाइकलमा सवार भानु नगरपालिका–९ रानीपानीका ३८ वर्षीय रवीन्द्र मल्लको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

घटनापश्चात् प्रहरीले टिप्पर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार