कोटेश्वरस्थित भाटभटेनीको चौंथो तलामा ‘आगोको लप्कामा फंसेको छु’ भनेर बुबालाई फोन गरेका युवा डढेको अवस्थामा भेटिए

कोटेश्वरस्थित भाटभटेनीको चौंथो तलामा ‘आगोको लप्कामा फंसेको छु’ भनेर बुबालाई फोन गरेका युवा डढेको अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ असोज २०८२
  • 8.2K
    Shares

कोटेश्वर स्थित भाटभटेनीमा देधेको अवस्थामा भेटिएका बिकाश रसाइली

पोखरा, १ असोज २०८२।

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

उक्त शब् रामेछापको खाँडादेवी गाउँपालिका–६ स्थायी घर भएका २२ वर्षीय विकास रसाइलीको भनेर पहिचान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले शुरुमा उक्त शवको पहिचान हुन सकेको थिएन ।

ललितपुरमा बस्दै आएका बिकाश रसाइली जेन जी आन्दोलनका क्रममा भदौ २४ गते साँझ कोटेश्वर भाटभटेनीमा पुगे।का थिए । उनी भाटभटेनीको चौथो तलामा पुग्दा तलबाट उनीसँगै गएका अरू आ!न्दोलनकारीले तलबाट आगो लगाइदिए। आगोको लप्काकोकारण ओर्लिन नसक्ने भएपछि उनले त्यहीबाट बुबालाई फोन गरेर भने, “बुबा म भाटभटेनीको चार तलामाथि आगोमा फसेको छु।”

कोटेश्वरस्थित भाटभटेनीको चौंथो तलामा फंसेको भनेर बुबालाई फोन गरेका उनै बिकाश रसाइलीलाई आज प्रहरीले भाटभटेनीको चौथो तलामा नै उनको शब पुरै जलेको अवस्थामा भेताएको प्रहरीले जानकारी दिएको छ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार