पोखरा, १ असोज २०८२ ।
धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
निलकण्ठ नगरपालिका वडा नम्बर–११ स्थित दिदीको घरमा जाँदै गर्दा भदौ २५ गते वलात्कारको शिकार भएकी २९ वर्षीया महिलाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो।
वलात्कारबाट पिडित महिलाको स्वास्थ्यमा समस्या देखिए पछि परिवारले उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै थिए । शरीरमा रगतको मात्रा कम भएर बुधवार पीडितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीले बलात्कारमा संलग्नको पहिचान भए पनि पक्राउ नपरेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
परिवारका सदस्यहरूले बलात्कारमा अनुसन्धान गर्न जाहेरी दिएका छन् । त्यस्तै, पीडित युवतीका आफन्तहरूले अस्पतालको तापरवाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।