एमालेको चुनावी सभामा कांग्रेसको आक्रमण, एमाले वडाध्यक्षका उम्मेद्वारसहित ४ जना घाईते

एमालेको चुनावी सभामा कांग्रेसको आक्रमण, एमाले वडाध्यक्षका उम्मेद्वारसहित ४ जना घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ बैशाख २०७४
  • 12.5K
    Shares

स्याङ्जाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा आयोजित एमालेको चुनावी सभामा कांग्रेस कार्यकताले आक्रमण गर्दा एमाले वडाध्यक्षका उम्मेद्वारसहित ४ जना घाईते भएका छन् । चुनावी घरदैलो अभियानका क्रममा धारापानी पुगेको एमाले नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरप्रमुखका उम्मेदवार  बुद्धिमान श्रेष्ठ चढेको गाडिमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रमणबाट उम्मेदवार डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम बिक र बेलबहादुर बिक घाईते भएका छन् । इलाका प्रहरी कार्यालय रत्नपुरका अनुसार, सो क्षेत्रमा सुरक्षा मजबुद नभएको र स्थानीयको घरमा एमालेले सम्पर्क कार्यालय राखेको बिषयमा विवाद हुदै आएको थियो ।

प्रतिक्रिया