मृग मारेर पोखरा ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गएराती पोखरा लेखनाथ महानगरपालिका १९ शार्दीखोलास्थित प्रहरी चौकीका प्रहरीले चेक जाँच गर्दा दुई जनालाई मृत मृगसहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा-८ बस्ने ३५ वषर्ीय जिवन गुरुङ र पोखरा-३ निवासी, २९ वषर्ीय विकास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुले माछापुच्छ्रे गाउँपालिकाको करुवमा मृग मारेर बा१७च २८५८ नम्बरको जिपमा लुकाइ छिपाई पोखरा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि लागि जिल्ला वन कार्यालय कास्कीमा पठाएको जानकारी दिएको छ ।