प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, ६ घाईते

प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, ६ घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ बैशाख २०७४
  • 19.6K
    Shares

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ । शुक्रवार आज दिउँसो भएको झडपमा छ जना घाइते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेको प्रहरीले जनाएको छ । नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया