मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक भट्ट पक्राउ

मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक भट्ट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ चैत्र २०७३
  • 24.4K
    Shares

मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्टलाई पक्राउ गरेको छ ।   ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए।

२८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफुहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ। घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो।

पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो। चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए।

पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन्। ‘मेडिकल जाँच गर्ने नाममा चिकित्सकले बदमासी गरेछन्। भट्टको नियत खराब देखिन्छ ’ , काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले भने।

ठुलो समूहसहित परिसर पुगेका पीडित पक्षलाई पीडकले अपराधको प्रकृती अनुसार सजाय पाउने प्रतिबद्धता एसएसपी जोशीले दिएका थिए। कलेजकै सम्पर्कका आधारमा विधार्थीहरु उक्त मेडिकल सेन्टरमा पुगेका थिए।

भट्ट दुई वर्षदेखी उक्त मेडिकल सेन्टरमा कार्यरत थिए। महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए। भट्टले भने चिकित्सा पेशामा महिला-पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए।

प्रहरीले मेडिकल सेन्टरका सन्चालकमध्येका एक रेशम खत्रीलाई पनि पक्राउ गरेको छ। प्रहरीले पीडकविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया