सार्वजनिक जग्गामा सामूहिक मकैखेती गर्न खोज्ने नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले तीनदुई घण्टा आफ्नो नियन्त्रणमा राखेर छाडेको छ । पोखरा लेखनाथ महानगरपालिका माथिल्लो गगनगौंडा नजिकको खुदी खोलाको किनारमा रहेको करीब १५ रोपनी जग्गामा सामूहिक मकै खेती गर्न खनजोत गरिरहेका कम्युनिष्ट पार्टीका पाँच कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान १० बजे आफ्नो नियन्त्रणमा लिएको थियो ।
तीन घण्टा प्रहरी नियन्त्रणमा रहेर नियन्त्रणमुक्त रहेका नेता तथा कार्यकर्ताहरुमा अखिल नेपाल किसान संघ -क्रान्तिकारी) के्रन्द्रीय सदस्य पुष्प कार्की, लेखनाथ नगर जनसरकार प्रमुख बोधराज त्रिपाठी, लोकनाथ पौडेल”राजकुमार”, गणेश अधिकारी र भोजराज त्रिपाठी रहेका छन् ।
अखिल नेपाल किसान संघ -क्रान्तिकारी)को पहलमा सामूहिक मकै खेती गरिरहेका उनीहरुलाई डाँडाको नाक प्रहरी चौकीबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।