अज्ञात समुहको गाली लागेर घाइते शिक्षकको मृत्यु

अज्ञात समुहको गाली लागेर घाइते शिक्षकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 10.2K
    Shares

रौतहटको बिश्रामपुर गाविसमा अज्ञात समुहको गोली लागेर घाइते शिक्षक राम एकवाल यादवको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । घरमा सुतिरहेका शिक्षक यादवलाई गत बुधवार राती एकबजे झ्यालबाट अज्ञात समुहले गोली प्रहार गरेर घाइते बनाएको थियो ।
कन्चटमा गोली लागेर गम्भिर अवस्थामा उपचारको क्रममा शिक्षक यादवको काठमाण्डौ स्थित बयोधा अस्पतालमा शनिवार बिहान चार बजेर १० मिनेटमा मृत्यु भएको उनका भान्जा एवं शिक्षक देवेन्द्र यादवले बताए ।
हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बिहिवार साँझ हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डौ लगिएको थियो ।
यसैबीच घटनामा संलग्न रहेको आसंकामा दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईप्रका गरुडाका प्रमुख प्रहरी निरिक्षक केशव रेग्मीले बताए ।

प्रतिक्रिया