सर्लाहीबाट नेकपा(एमाले)का तर्फबाट समानुपातिक सांसद दुलारी देवीको अाज निधन भएकाे छ । सवारी दुर्घटनामा परि घाइते भएकी सांसद देवीकाे बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा निधन भएको छ ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट नै बिएन्डबी अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएकी उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।