संसदमा भएका २७ दल बाहेक अन्यले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने

संसदमा भएका २७ दल बाहेक अन्यले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ चैत्र २०७३
  • 11.3K
    Shares

निर्वाचन आयोग

आगामी स्थानीय तहको चुनावमा व्यवस्थापिका संसदमा भएका २७ दल बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । यसको नयाँ शक्तिले विरोध गरेको छ । स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्वन्धित दलको निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । साथै उक्त दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ । उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह प्रदान गर्ने उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय चुनावमा ११४ दलले भाग लिन पाउनेछन् । तर, सांसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्रका हैसियतमा चुनाव लड्नु पर्नेछ । निर्वाचन आयुक्त नरेन्द्रप्रसाद दाहालले भने, ‘संविधानसभामा प्रतिनिधित्व गर्ने दल बाहेक अब कुनै पनि दलले पार्टीको चुनाव चिन्ह बोकेर चुनाव लड्न पाउँदैनन् ।’ यो व्यवस्थाले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका दलहरुले दलीय चुनाव चिन्ह नपाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार