रामेश्वर खनालले त्यागे नयाँ शक्ति पार्टी

रामेश्वर खनालले त्यागे नयाँ शक्ति पार्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ चैत्र २०७३
  • 7.7K
    Shares

रामेश्वर खनाल

नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार टि्वटरमा यसको जनाउ दिएका हुन् । एक टि्वटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले लेखेका छन्, ‘म कुनै पार्टीमा आवद्ध छैन । राजनीति मेरो क्षमताको विषय रहेनछ । अब के भनुँ ।’

खनाल नयाँ शक्तिमा स्थापनाकालदेखि नै संलग्न थिए । सो पार्टीको आर्थिक नीति निर्माणमा उनको योगदान रहेको छ । पार्टी छोडेको विषयमा प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल स्वीच अफ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार