कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दको विरुद्धमा पोखरामा विरोध प्रदर्शन भएको छ । एमआरआर नामक युवाहरुको समूहले बन्दकाविरुद्ध विरोध प्रदर्शन गरेको हो । उनीहरुले “नेपाल बन्द हैन खुल्ला छ” भन्ने नारा लगाएका थिए । उनीहरुले भारतीय सीमा सुरक्षा बलद्वारा कञ्चनपुरका गोबिन्द गौतमको हत्याको विरोध समेत गरेका थिए । उनीहरुले भारतीय बिस्तारवाद, सीमानामा पर्खाल लगा, लगायतका नाराबाजीहरु पनि गरेका थिए । सोही समूहले हिजो संघीय मधेशी मार्चाढारा आयोजित बन्द कार्यक्रमविरुद्ध पनि प्रदर्शन गरेको थियो ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, बन्द गर्दै हिंड्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले पोखरा र लेखनाथका विभिनन स्थानहरुबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको छ । बजार, उद्योगधन्दा पसल, कलबारखाना पूरै बन्द रहेपनि पोखरामा अहिले फाट्टफुट्ट केही सवारीसाधनहरु चल्न शुरु गरेका छन् ।