१३२ किलो चरेश र ६२ किलो गाँजासहित तीन जना पक्राउ

१३२ किलो चरेश र ६२ किलो गाँजासहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ फाल्गुन २०७३
  • 10K
    Shares

प्रहरी उपरीक्षक बसन्तकुमार लामा

मकवानपुरको हेटाैंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट प्रहरीले ठूलो परिणाममा चरेश र गाँजा बरामद गरेको छ । प्रहरीले एक सय ३२ किलो चरेश र ६२ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा र चरेशसहित दुईवटा भारतीय नम्बर प्लेटको गाडी समेत बराद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए । भारत निकासी गर्ने क्रममा बिआर २९ बि ७१४१ नम्बरको जीपमा राखेर निकासी गर्न लागेको लागुपदार्थ रातोमाटेबाट बरामद गरिएको हो । प्रहरीले भारत मोतीहारीका ३० वर्षका मेराज साह र २६ वर्षका मिथलेश शहनीलाई पक्राउ गरेको हो ।

यसैगरी धादिङबाट भारत तर्फ निकासी गर्न लागिएको ६२ किलो गाँजासहित अर्का एक जनालाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको छ । बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित भारत मोतीहारी सुगौली– १० का २८ वर्षका मनोजकुमार यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार