बाग्लुङको बुर्तिबाड बजारमा आलु किनेर फर्कदा बेपत्ता २२ बर्षिय एक युवकको शब बडीगाड खोला किनारमा फेला परेको छ । मध्येपहाडी लोकमार्गमा मजदुरी गदै आएका झापाका २२ बर्षिय अनुप महतो गएराती बुर्तिबाड बजारमा आलुकिनेर फर्कदा फुस्रेभिरबाट खोलामा खसेर बेपत्ता भएका थिए । मे ३ प २०४६ नं मोटरसाइका चालक उनकों शब शुक्रबार बाग्लुङको बुर्तिवाङ बजार नजिक फुर्से पहराबाट बडीगाड खोलामा भेटिएको थियो ।
अर्को एक व्यक्तिसहित मोटरसाईकल दुर्घटनामा परेको खबर पाएपछि प्रहरीले महतोको गएरातिदेखी नै खोजीकार्य थालेको थियो । उनिसँगै दुर्घटनामा परेका भनिएका अर्का व्यक्ति भने दुर्घटनाको जानकारी दिएर मोबाईल स्विचअप गरि फरार भएका छन । साथी संग बुर्तिवाङ बजारबाट आलु किनेर भिङगिठे तिर फर्कदै गर्दा भएको दुर्घटनाका बारेमा उनकै साथीले जानाकारी गराएपछि खोजीकार्य थालेको भएपनि ति व्यक्ति फरार भएकाले प्रहरीले दुर्घटनाको अनुसन्धानका लागी उनको खोजी गरिरहेको छ ।