कोरोना संक्रमणका कारण तीनमहिनापछि मंगलबार पहिलोपटक एक जनाको मृत्यु भएको छ ।
वीर अस्पतालमा उपचाररत ७८ वर्षीय वृद्धको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब तीन साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट पुष २३ गते एक जनाको मृत्यु भएको थियो ।
यसै बीच स्वास्थ्य मन्त्रालयबाट प्राप्त अर्को एक जानकारी अनुसार, मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार चार सय ३६ जनामा कोरोना संक्रमणको पीसीआर परीक्षण गर्दा चार सय ७६ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् । मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।