निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने निर्णय

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०७८
  • 7.4K
    Shares

निर्वाचन आयोग

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकताकाे मान्यता यादव पक्षलाई दिइएको जानकारी दिए।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने निर्णय गरेको छ ।

सोमबार आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्यहरु उपस्थित भएका थिए। जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए भने १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका थिए। कारागारबाट सनाखतका लागि निर्वाचन आयोग ल्याइएका रेशम चौधरी भने तटस्थ बसेका थिए।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

जसपाको आधिकारिकता सम्बन्धि निर्वाचन आयोगको आदेश 

कुन नेता कता ?

उपेन्द्र​ यादव पक्ष

१ उपेन्द्र यादव
२ अशोक राई
३ डा.बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो।लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो.ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

महन्थ ठाकुर पक्ष

१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा

तटस्थ
१ रेशम चौधरी

प्रतिक्रिया
सम्बन्धित समाचार