ब्राजीलको एक जेलमा झडप, १० जनाको मृत्यु

ब्राजीलको एक जेलमा झडप, १० जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ माघ २०७३
  • 9.4K
    Shares

एजेन्सी, २ माघ ।

ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदीबन्दीबिच झडप भएको हो ।

जेलमा रहेका कैदीका दुई समूहबिच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष लागेपछि ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको ज्यान गएको थियो ।

एलकाकुज जेलबाट विस्फोट तथा गोली हानाहानको आवाज सुनिएको बिबिसीले जनाएको छ । जेलमा अहिले कैदीबन्दीको नियन्त्रण रहेको र आफूहरु प्रवेश गर्ने प्रयासमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार