दाहाल-नेपाल समुहको स्थायी कमिटिद्वारा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र को रुपमा अलग अलग भएर जाने निर्णय

दाहाल-नेपाल समुहको स्थायी कमिटिद्वारा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र को रुपमा अलग अलग भएर जाने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ फाल्गुन २०७७
  • 6.5K
    Shares

दाहाल-नेपाल समुहको स्थायी कमिटि बैठक

सर्बोच्च अदालतको आदेशमा बिघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समुहको स्थायी समिति बैठकले साबिक पूर्वएमाले र पूर्वमाओवादी केन्द्र को रुपमा अलग अलग भएर जाने निर्णय गरेको छ। समुहको पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए।

यस अघि एक संचार माध्यमलाई दिएको अन्तर्वार्तामा दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका थिए । उनले आफुहरु छुट्टिन नचाएको भएपनि सर्बोच्च अदालतको आदेशले छुट्टिन बाध्य भएको बताएका थिए।  संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। ने

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि दाहाल–ओलीको नेकपा खारेज भई पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन्। यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का एकसय २० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार