पोखरामा कोरोना संक्रमित थप दुई जनाको निधन

पोखरामा कोरोना संक्रमित थप दुई जनाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०७७
  • 4.5K
    Shares

शुक्रवार बिहान कोरोना संक्रमित थप दुई जनाको निधन भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा पोखरा महानगरपालिका वडा न २ का ५९ वर्षीय पुरुष रहेका छन । उनको उपचारको क्रममा यही १० गते चरक मेमोरियल अस्पतालमा निधन भएको हो । उनमा ५ गते कोरोना पुष्टि भएको थियो ।

यसै गरी पोखरा ३२ का ६६ बर्षिय महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको छ । उनलाई पनि ५ गते नै कोरोना पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संङ्ख्या १४६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार