तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित खहरेमा बिहीबार बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
दमौलीबाट मुग्लिङतर्फ अौदै गरेको बस खहरे खोलाको पुलबाट खस्दा बसमा सवार १७ जना घाइते भएका छन भने उक्त बसले ठक्कर दिएको मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते भएका हुन ।जिल्ला प्रहरी कार्यालौ तनहुँका डीएसपी युवराज तिमल्सिनाका अनुसार बसले विपरीत दिशाबाट आइरहेको ना ३२ प ५२५४ नम्बरको मोटरसाइकललाई लु २ ख ८८३ नम्बरको बसले ठक्कर दिएको बताए ।
खहरे खोलामाथिको पुल साँघुरो रहेको र ब्रेक हान्ने क्रममा गाडी आफैं अनियन्त्रित भइ पुलभन्दा करिब ५ सय मिटर तल बस खसेको उनले बताए ।
घाइतेमध्ये २ जनालाई चितवन मेडिकल कलेज, एक जनालाई पोखरा रिफर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।