तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवा भन्ने स्थानमा फलामको खोरमा भाले चितुवा परेको छ ।
शनिबार बिहान आँबुखैरेनी-२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो । चितुवाको उमेर करिव अन्दाजी १३ वर्षको र ४० किलोग्राम जति तौल भएको देखिन्छ ।
यस अघि मात्र चितुवाले आतङ्क मच्चाएपछी राखिएको खोरमा ९ वटालाई नियण्त्रण लिएको छ ।