पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०७७
  • 41.4K
    Shares

प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल

स्याङजाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको उपचारका क्रममा निधन भएको छ । भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतामा उपचारका क्रममा अधिकृत ढकालको निधन भएको हो ।

लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडीत ढकालको निधन भक्तपुरमा भए पनि दाहसंस्कार पोखरास्थित रामघाटमा आज हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । ढकालका एक श्रीमती सहित २ छोरा र २ छोरी छन्।

नेपाल सरकारको खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका ढकाल नायव सुब्बा र अधिकृत हुदै उपसचिव भएका थिए । ढकाल डोरपाटन नगरपालिका बाग्लुङबाट पुतलीबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गएको माघमा स्याङजा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार