कास्कीमा देउसीभैलो खेल्न नपाइने,

कास्कीमा देउसीभैलो खेल्न नपाइने,


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०७७
  • 13.1K
    Shares

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले देशका विभिन्न जिल्लाहरुमा देउसीभैलो खेल्न नपाइने आदेश भइरहेका छन् । नेपालमा एक दर्जन वढी जिल्लामा यस्तो आदेश भएको छ । केही जिल्लामा आम नागरिक नै सचेतभई  देउसीभैलो नखेल्ने निर्णण गरिसकेका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात त्यहाँपनि देउसीभैलो खेल्न नपाइने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जारी गरेको आदेशानुसार यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार