घरमा लुकाइ राखेको बन्दुकसहित गुरुङ पक्राउ,७ दिनको म्याद थपगरी अनुसन्धान

घरमा लुकाइ राखेको बन्दुकसहित गुरुङ पक्राउ,७ दिनको म्याद थपगरी अनुसन्धान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०७७
  • 4.4K
    Shares

पोखरा – स्याङ्जा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई प्रकाउ गरेको छ ।

इजाजत बिनाको एक नाले भरुवा बन्दुक एउटा, भरुवा बन्दुकको नाल २ वटा, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ वटा, फलामको टुक्रा सानो ठूलोगरी २३ वटा र बारुद ५५ ग्राम घरमा लुकाई रहेको अवस्थामा बिरुवा गाउँपालिकाका २३ वर्षीय भीमबहादुर गुरुङलाई प्रकाउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

इजाजतपत्र बिनाको हातहतियार राखेको भन्ने सूचनाका आधारमा उनको घरमा खोजतलास गर्दा गोठमा रहेको काठको खलिया माथि घाँस र मकैको सुकेको डाठभित्र लुकाइ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

हतियारसहित गुरुङलाई अदालतले आइतबार दिउँसो ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार