स्याङजाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना एकको मृत्यु ४ जना घाइते

स्याङजाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना एकको मृत्यु ४ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ कार्तिक २०७७
  • 9K
    Shares

स्याङजाको भीरकोट नगरपालिकामा पराल बोकेको जीप आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका स्थानीय १७ वर्षका असिम सेनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा गएराती मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
अन्य घाइतेको कालिका सामुदायिक अस्पतालमा हेलुमै उपचार भइरहेको छ।

लु १ च २६९६ नम्बरको जीप ग्रामिण सडकबाट ३० मिटर तल खसेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार