पोखरा १७ र १५ को सीमाना रातोपहिरो सेती नदीमा पुरुष मृत अवस्थामा फेला

पोखरा १७ र १५ को सीमाना रातोपहिरो सेती नदीमा पुरुष मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०७७
  • 11.6K
    Shares

पोखरा वडा नं १७ र वडा नं १५ को सीमाना रातोपहिरो स्थित सेती नदीको बीचमा अन्दाजी ३५-४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नामथर नखुलेका ती व्यक्ति मंगलबार बिहान ७।४५ बजे सेती नदीको बीच भागको बगरमा मृत अवस्थामा रहेको सूचना स्थानीयले कास्की प्रहरीलाई दिएका थिए । कास्की प्रहरीको टोली उक्त स्थानमा पुगि घटनाको बारेमा थप अनुसन्धान थालेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार