बागलुङमा संक्रमित संख्या ५ सय ८५,विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा संक्रमित संख्या ५ सय ८५,विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०७७
  • 2.5K
    Shares

बागलुङमा संक्रमित संख्या ५ सय ८५ पुगेको छ।  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमण पुष्टि हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन्। यसका साथै काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, तमानखोला गाउँपालिकाका ६ जना, बागलुङ नगरपालिका ४ का एक जना पुरुष बाहेक अरु सबै कन्ट्याक्ट ट्रेसिङका हुन्। 

कोरोना संक्रमणका कारण चैत्र दोस्रो साता नै सुरुवाती भयावह बेहोरेको बागलुङमा केही साता अघिसम्म नियन्त्रण उन्मुख देखिए पनि अघिल्लो सातादेखि पुनः कोरोना संक्रमण दर बढेको छ। जसका कारण जिल्लामा संक्रमणको जोखिम थप बढेको छ। 

हालसम्म संक्रमित भएका मध्ये ३ सय ८८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ। बुधबार मात्र एक ७७ वर्षीय किराना व्यापारी पुरुषको कोरोना संक्रमणका कारण पोखराको चरक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार