सांराश :
- पोखरामा लगातार दोस्रो दिन पनी थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
- पोखरा महानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
- अघिल्लो दिन बिहिवार नै कोरोनाका कारण पोखरा महानगरपालिका १६ जोगीमणि मार्गका ८३ वर्षीय वृद्धको मृत्यु भएको थियो ।
आश तमु पोखरा । पोखरामा लगातार दोस्रो दिन पनी थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । आज बिहान उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निजको मृत्यु भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
उनमा ३ दिन देखी ज्वरो रुघा खोकी र झाडापाखालको समस्या रहेको जनाएको छ ।
अघिल्लो दिन बिहिवार नै कोरोनाका कारण पोखरा महानगरपालिका १६ जोगीमणि मार्गका ८३ वर्षीय वृद्धको मृत्यु भएको थियो ।गत असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।मृतक पुरुष हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए ।
कोरोना संक्रमणका कारण आजसम्म साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १२ जनाको ज्यान गएको छ।