दोस्रो बिज्ञप्ती : शुक्रवार पोखरामा थप ८ जनामा कोरोना पुष्टी

दोस्रो बिज्ञप्ती : शुक्रवार पोखरामा थप ८ जनामा कोरोना पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 5.9K
    Shares

आश तमु पोखरा । शुक्रवार पोखरामा थप ८ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको दोस्रो बिज्ञप्ती अनुसार पोखरा सहित गण्डकी प्रदेशमा ३९ जनामा कोरोना पुष्टी भएको हो ।

पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न ३ का एक महिला ,४ का एक पुरुष ,११, १२, १७ र १८ का का एक एक पुरुष ,१४ का २ पुरुष रहेका छन ।

यसै गरी स्याङ्जामा ३ जना बागलुङमा एक जना गोरखामा १५ जना ,तनहुँमा ११ जना र म्याग्दीमा १ जना गरी ३९ जना रहेको बताएका छन ।

उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५७२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार