प्रहरी अझै त्रिपालभित्र

प्रहरी अझै त्रिपालभित्र


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७३
  • 9.3K
    Shares

लमजुङ, १८ पुस ।

बर्सौं बित्दा पनि नयाँ भवन नबनेपछि पूर्वीय लमजुङका बिकट तीन गाविस कार्यक्षेत्र भएको इलाका प्रहरी कार्यालय बिचौरमा प्रहरी त्रिपालमुनि बस्न बाध्य छन् ।

भाडामा सञ्चिालन हुदै आएको प्रहरी कार्यालय गत बर्ष बैशाख १२ गतेको भूकम्पबाट चर्किएर जोखिमयुक्त बनेको थियो ।

त्यसपछि प्रहरीहरु त्रिपालमुनि बस्न बाध्य भएका हुन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

भूकम्प गएको १५ महिना बितिसकेपनि भवन नबन्दा प्रहरीहरु थप समस्यामा परेका छन् ।

प्रतिक्रिया