पाकिस्तानको सरकारी टेलिभिजनकी पत्रकार शाहिनको गोली हानि हत्या

पाकिस्तानको सरकारी टेलिभिजनकी पत्रकार शाहिनको गोली हानि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०७७
  • 7.7K
    Shares

शाहिना शाहिन

पाकिस्तानको सरकारी टेलिभिजन पाकिस्तान टिभीमा  कार्यरत पत्रकार २७ वर्षीय शाहिना शाहिनको शनिबार गोली हानी हत्या गरिएको छ ।

शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गोली हानी हत्या गरिएको थियो ।

शाहिनलाई उनकै घरमा अज्ञात समुहले पांच वटा गोली हत्या गरेको प्राप्त समाचारमा जनाइएको छ।  पांच महिना अघि मात्र बिबाह बन्धनमा बाँधिएकी पत्रकार शाहिनले ढोका खोल्नासाथ बन्दुकधारीले गोली हानेको प्रहरीले जनाएको छ।

इस्लामाबादमा एक नीजि टिभी च्यानलमा काम गर्दागर्दै सरकारी टेलिभिजनमा काम शुरु गरेकी  उनी एक स्थानीय म्यागजिनकी सम्पादक पनि थिइन्।

रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको हत्या भइसकेको छ ।

प्रतिक्रिया