पार्कमा दौडिन निस्किएका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस चार महिनापछि  जंगलमा मृत भेटिए

पार्कमा दौडिन निस्किएका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस चार महिनापछि  जंगलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०७७
  • 5.1K
    Shares

रिचर्ड मोरिस

आफ्नो घर नजिकैको पार्कमा दौडिन निस्किएका  नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस चार महिनापछि  नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा मृत भेटिएका छन्।

उनी गत मे ६ तारिख बिहान १०ः३० बजे आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा दौडिन निस्किएका थिए । तर त्यसपछि उनी सम्पर्कबिहीन रहेका थिए। ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको बताइएको छ।

मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।

यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया