दक्षिणी चीनीया सागरका बिषय र ताईवानको बिषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । चीनले अमेरिकाविरुद्ध चेतावनी स्वरुप दुई वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । आफ्नो हवाई सीमामा अमेरीकाको जासुसी विमान प्रवेश गरेको बिरोधमा त्यसको भोलीपल्ट चीनले चेतावनी स्वरुप दुई वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको हो ।
दुई मिसाइलमध्ये पहिलो डीएफ–२६बी सिन्झाइ प्रान्तको उत्तरपश्चिम क्षेत्रबाट प्रहार गरिएको थियो। त्यस्तै दोस्रो डीएफ–२१डी मिसाइल जेचीआङ प्रान्तको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो। यस्तै अन्य दुई क्षेप्यास्त्र परीक्षण पनि भएको जनाईएको छ । चीनीया रक्षा मन्त्रालयले यो परीक्षण सफल भएको बताएको छ ।
दुबै मिसाइल हेइनान प्रान्त र विवादित प्यारासेल टापुको बीचलाई निशाना बनाएर प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
सोही क्रममा युद्धपोत नष्ट गर्न तयार पारिएको ब्यालेष्टीक मिसाईल प्रहार भएको र केही नयाँ क्षेप्यास्त्र पनि परीक्षण भएको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनले आफ्नो हवाई निषेधित क्षेत्रमा अमेरिकी जासुसी विमान उदाएको आरोप लगाएको छ। एकदिन अघि बोहाइ नदी क्षेत्रमा चिनियाँ नौसेनाले ड्रिल गरिरहेका बेला ‘यू–२’ नामक अमेरिकी जासुस विमान त्यस क्षेत्रको आकाशमा प्रवेश गरेको चीनले बताएको छ।