रुसद्वारा कोरोनाबिरुद्धको भ्याक्सिन नेपाललाई उपलब्ध गराउने आस्वासन

रुसद्वारा कोरोनाबिरुद्धको भ्याक्सिन नेपाललाई उपलब्ध गराउने आस्वासन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०७७
  • 3.1K
    Shares

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग रैयान राजदुतको भेट

विश्वमै पहिलो पटक कोरोना भाइरस बिरुद्धको भ्याक्सिन बनाएर आफ्ना नागरिकलाई उपचार गरिरहेको दाबी गर्ने रुसले यदि नेपालले चाहेमा त्यो भ्याक्सिन नेपाललाई उपलब्ध गराउन सक्ने आस्वासन दिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग सिंहदरबारमा मंगलबार भेट गर्न पुगेका नेपालका लागि रुसका राजदूत एलेक्से नोविकोभले यस्तो आस्वासन दिएका हुन्।  सो अवसरमा रसी राजदुत नोविकोभले भने, ‘रुसले तयार पारेको भ्यासिक्लन नोभेम्बरमा विश्वबजारमा आउनेछ । नेपाललाई प्राथमकितामा राखेर उपलब्ध गराउन सकिन्छ ।’

राजदूतले नोविकोभले रुसमा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरेका थिए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रुसी सरकारलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया