उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ्ग ऊनद्वारा किम जाए र्‍योङलाइ प्रधानमन्त्री पदबाट मुक्त, नयाँ प्रधानमन्त्रीमा किम तोक हुन नियुक्त

उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ्ग ऊनद्वारा किम जाए र्‍योङलाइ प्रधानमन्त्री पदबाट मुक्त, नयाँ प्रधानमन्त्रीमा किम तोक हुन नियुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ साउन २०७७
  • 4.7K
    Shares

उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ्ग ऊनले प्रधानमन्त्री किम जाए र्‍योङलाई पदमुक्त गरेर किम तोक हुनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।

कोरियाली सरकारी सञ्चार माध्यम कोरियाली केन्द्रीय समाचार संस्थाका अनुसार, सर्वोच्च नेता किम जोङ उनले किम जाए र्‍योङलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्‌को प्रधानमन्त्री पदबाट पदमुक्त गरी किम तोक हुनलाई नयाँ प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।  राज्य व्यवस्था सम्बन्धी निर्णय गर्ने देशको सबैभन्दा उच्च निकायको रूपमा रहेको राज्य व्यवस्था समितिद्वारा अगस्त १३, २०२० (जुछे १०९) मा एक बिज्ञप्ति जारी गर्दै सो कुराको घोषणा गरिएको हो ।

५९, वर्षीय नयाँ प्रधानमन्त्री किम तोक हुन यसपूर्व प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संसदीय बजेट समितिका प्रमुख रहेका थिए।  समाजवाद निर्माण अभियानमा लागिपरेको र साम्राज्यवादी अमेरिकासँग सिधा टकराव गरिरहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा नयाँ प्रधानमन्त्रीको नियुक्तिलाई विश्वभर विशेष महत्त्वका साथ हेरिएको छ । विश्वभरका विभिन्न देशहरूबाट नयाँ प्रधानमन्त्रीको नियुक्ति भएकोमा बधाई सन्देश प्रदान गरिएको छ ।

प्रतिक्रिया