राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार भेटघाट चलिरहदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चल्यो, संग्दिग्ध एक जना अस्पताल भर्ना

राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार भेटघाट चलिरहदा राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चल्यो, संग्दिग्ध एक जना अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ साउन २०७७
  • 3K
    Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ र एकजना संग्दिग्ध व्यक्तिलाई अमेरिकी सुराक्षाकर्मीले गोली हानि घाइते बनाएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला सुरक्षाकर्मीले ट्रम्पलाई  राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि खुसुक्क गोली चलेको जानकारी दिएपछि राष्ट्रपति ट्रम्प कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए।  करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आएर पत्रकारहरुलाई गोली चलेको जानकारी गराएका थिए । उनले भने, ‘लाग्छ स्थिति नियन्त्रणमा छ ।’

ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ ।

ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।

प्रतिक्रिया