कोरोना संक्रमितका आफन्तद्वारा कोशी अस्पतालका चिकित्सकमाथि हातपात,चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप

कोरोना संक्रमितका आफन्तद्वारा कोशी अस्पतालका चिकित्सकमाथि हातपात,चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ साउन २०७७
  • 2.8K
    Shares

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् ।

कोरोना संक्रमणबाट विराटनगर– ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो निधन भएकोमा आफन्तले आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर चिकित्सकमाथि हातपात गरेका हुन् ।

अस्पतालको आइसोलेसनमा पीपीई लगाएका चिकित्सक र शंकास्पद विरामी बाहेक अन्यलाई प्रवेश गर्न अनुमति छैन् ।तर मृतकका आफन्तले जबरजस्ती प्रवेश गरेर हातपात गरेको कोशी अस्पतालका सिनियर फिजिसियन डाक्टर दीपक सिग्देलले जानकारी दिएका छन् ।

मंगलबार राति इमर्जेन्सीमा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधबार आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले भने डाक्टरमाथि हातपात भएको जानकारी आफूलाई नआएको बताए ।

प्रतिक्रिया