ललितपुर जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता पुष्णप्रसाद गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द

ललितपुर जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता पुष्णप्रसाद गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० साउन २०७७
  • 5K
    Shares

नेपाल कानून व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पुष्णप्रसाद गौतम (प्र.प.न १२०१०) लाई कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ।

परिषद्अन्तर्गतको अनुशासन समितिको सोमबार बसेको बैठकले ललितपुर जिल्ला अदालत बारका एकाइका सदस्यसमेत रहनुभएका अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

परिषद्का सदस्यसचिव रामहरि काफ्लेका अनुसार कीर्ते जालसाजी मुद्दामा सजाय भएका अधिवक्ता गौतमको अनुशासन समितिको सोमबारको बैठकले कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया