बिद्रोही ने.क.पा. को सोलुखुम्बु जिल्ला इन्चार्ज मणि कुमार राई मृत भेटिए

बिद्रोही ने.क.पा. को सोलुखुम्बु जिल्ला इन्चार्ज मणि कुमार राई मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ साउन २०७७
  • 7.1K
    Shares

जिल्ला अस्पताल फाप्लु, सोलुखुम्बु

बिद्रोही नेपाल कम्युनिष्ट पार्टी सोलुखुम्बुका पार्टी जिल्ला इन्चार्ज मणिकुमार राई मृत अवस्थामा भेटिएका छन्।

उनी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसाको चोचेली डाँडाको भिरमुनि बिहिबार विहान मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय बासिन्दा रहेका ४७ बर्षिय राई बुढीडांडा बजारमा सामान किन्न गएकोमा त्यस रात घर नफ़र्किएपछि उनका आफन्तले खोजी गर्दै जाँदा चोचेली डाँडाको भिरमुनि करिब एक सय मिटर तल मृत्त अवस्थामा फेला पारेको उनका परिवारजनलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। राईको शबलाई जिल्ला अस्पताल फाप्लुमा ल्याइ  पोष्टमार्टमका गरी आफन्तलाई बुझाइएको पनि प्रहरीले बताएको छ।

मणि कुमार राई
मणि कुमार राई

बिप्लव नेतृत्वको ने.क.पा. सोलुखुम्बु जिल्ला कमिटीका इन्चार्ज रहेका राई प्रहरीको गिरफ्तारीमा परी २७ महिना जिल्ला कारागार शाखा सोलुखुम्बुमा बन्दी जीवन बिताई रिहा भएकोमा प्रहरीले उनलाई फेरी गिरफ्तार गरेको थियो।  त्यसपछि उदयपुर पुर्याइएका उनी १८ दिन अघि मात्र रिहा भएर घर फर्किएका थिए।

घर फर्किए लगतै पार्टी काममा फर्किएका राइको भीरबाट लडेर मृत्यु भएको हो कि हत्या गरिएको हो भन्ने बारेमा पार्टीले आशंका गरे पनि प्रहरीले भने उनको भिरबाट लडेर मृत्यु भएको जिकिर गरिरहेको छ।

प्रतिक्रिया