बिद्रोही ने.क.पा.को रुपन्देही जिल्ला इन्चार्जसहित झन्डै एकदर्जन नेता तथा कार्यकर्ता गिरफ्तार

बिद्रोही ने.क.पा.को रुपन्देही जिल्ला इन्चार्जसहित झन्डै एकदर्जन नेता तथा कार्यकर्ता गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०७७
  • 4.1K
    Shares

बिद्रोही ने.क.पा. रुपन्देही जिल्ला इन्चार्ज संगम पुन

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्तालाई प्रहरीले आज गिरफ्तार गरेको छ ।

प्रहरीको गिरफ्तारीमा पर्ने अन्य नेताहरुमा विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई बुटवलको मोतीपुर क्षेत्रबाट गिरफ्तार गरिएको प्रहरीको दाबी छ।

स्थानीय सुकुम्बासी संग छलफलमा सहभागी भईरहेको बेला पुन सहितका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बिद्रोही ने.क.पा. स्रोतले जानकारी दिएको छ।  तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

यसै साता प्रहरीले बिद्रोही ने.क.पा.को चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी ‘शार्दुल’सहितका नेता तथा कार्यकर्तालाई चितवनको रसौलीबाट गिरफ्तार गरेको थियो।

प्रतिक्रिया