मास्क लगाउन अस्वीकार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु

मास्क लगाउन अस्वीकार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०७७
  • 4.8K
    Shares

हर्मन केन

मास्क लगाउन अस्वीकार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ७४ वर्षीय केन सन् २०००मा रिपब्लिन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए ।

गत चुनाव र यसपटक पनि उनी ट्रम्पको चुनावी अभियानमा समर्थक थिए । कोभिड–१९ को संक्रमणपछि केनको मृत्यु भएको जानकारी बिहीबार उनको वेवसाइटमा दिइएको छ ।

ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको -यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएको थियो । यस -यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् । जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए ।

रास्ट्रपति ट्रंपको समर्थनमा आयोजित र्यालीमा सहभागी हर्मन केन
रास्ट्रपति ट्रंपको समर्थनमा आयोजित र्यालीमा सहभागी हर्मन केन

ट्रम्पका धेरै समर्थकहरुले जनस्वास्थविद्हरुको सल्लाह अस्वीकार गरेका छन् र मास्क लगाउन मानेका छैनन्, मास्कले उनीहरुलाई भाइरसको संक्रमणबाट जोगाउनसक्थ्यों, तर उनीहरुले फरक राजनीतिक वक्तव्य दिएका छन् ।

आफूमा कोरोना देखिएको घोषणा गर्नुपूर्व केनले ४ जुलाईमा दक्षिण डाकोटास्थित माउन्ट रुसमोरमा राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रमबारे जानकारी दिदैं ‘मास्क अनिवार्य छैन’ भनेका थिए । ‘राष्ट्रपति ट्रम्सले सहभागीता जनाउने यस कार्यक्रमका लागि मास्क लगाउनु अनिवार्य छैन, मानिसहरु वाक्क भइसकेका छन्,’ उनले ट्वीट गरेका थिए ।

प्रतिक्रिया