बालुवाटारमा प्रदर्शनकारीमाथि प्रहरीको ज्यादती : इनफ इज इनफ अभियान्ता पक्राउ

बालुवाटारमा प्रदर्शनकारीमाथि प्रहरीको ज्यादती : इनफ इज इनफ अभियान्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ साउन २०७७
  • 3.9K
    Shares

अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरेको हो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए ।

बालुवाटारको सडकमा उभिदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ ।

अभियानका सदस्यहरु सरकारको लापरबाहीविरुद्ध अनसनसमेत बसिरहेका छन् । सूचनाको हकसम्बन्धी निवेदन दिन सिंहदरबार पुगेका अभियन्ताहरुलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया