बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’सहित आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएराती गिरफ्तार गरेको छ। प्रहरीले सोही पार्टी समर्थित दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक र हुकुम खड्कालाई समेत गिरफ्तार गरेको बताइएको छ। तर उनीहरुसंगै गिरफ्तार गनी पहिचान नखुलेको ने.क.पा. स्रोतले जानकारी दिएको छ ।
उनीहरुलाई पूर्वी चितवनको साबिक बीरेन्द्रनगर गाबिस वडा नम्बर ९ रसौलीबाट सोमबार साँझ घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
सरकार फरक राजनीतिक आस्थाकै आधारमा नेकपाका नेता–कार्यकर्ताहरूलाई घरघरमा छापामारेर गिरफ्तारी, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।