पहिरोले घर पुरिँदा बागलुङमा पालबहादुरका दुई छोराछोरीसहित चार जनाको मृत्यु

पहिरोले घर पुरिँदा बागलुङमा पालबहादुरका दुई छोराछोरीसहित चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ साउन २०७७
  • 5.9K
    Shares

बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी पालबहादुरकी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् ।  घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

प्रतिक्रिया