बिद्रोही ने.क.पा. महासचिव विप्लवलाई जनमुक्ति सेनाका पुर्ब ब्रिगेड कमान्डर मार्शलको प्रश्न,”कमरेड! हामी जीवित लाश बन्ने कहिलेसम्म ?”

बिद्रोही ने.क.पा. महासचिव विप्लवलाई जनमुक्ति सेनाका पुर्ब ब्रिगेड कमान्डर मार्शलको प्रश्न,”कमरेड! हामी जीवित लाश बन्ने कहिलेसम्म ?”


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०७७
  • 7.1K
    Shares

कमरेड बिप्लव र कमरेड मार्शल

कमरेड नमस्कार ।
लाल सलाम गर्ने हैसियत अहिले मसित छैन ।

जहाँ रहनुस, मानसिक र शारिरिक दुबै हिसावले सकुसल हुनुहुनेछ , कामना र बिश्वास । जीवित रहँदा रहदै पनि पल पल मरिरहनु पर्ने यो कायरतापुर्ण जीवनका वास्तविकता बीचबाट जीवित लाशको दुई शब्द तपाईसम्म मेरो यी सन्देशहरु अबश्य आइपुग्नेछन , म बिश्वसत छु ।

कमरेड ! बहादुरितापुर्वक मृत्युलाई ललकार्दै बाँच्नु र शिर झुकाएर बाँच्नु बिचको अन्तरलाई भोग्ने सौभाग्य या दुर्भाग्य मिल्यो । जीवन जीउनुका यी दुई बाटोमा पहिलो बाटो नै सही । तर कहाँवाट, कसरी र फेरी के हुन्छ ? यी यस्तै प्रश्नहरुको गोलचक्र बिचमा उभिएको छु ।

कमरेड! आज नि:स्वार्थ प्रेम गर्नेहरु पाश्विक ढङगले मारिन्छन । निर्ममतापुर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाउछन । गैँडा मार्ने तस्करहरु तारे होटेलहरुमा शासकहरुसंग लन्च र डिनर गरीरहँदा प्राण धान्न जँगल पसेको चेपाङ मारिन्छ । दशगजामा टाउको फुटाउने मधेशीहरु धोती र भारतिय एजेन्ट भनेर अपहेलित छन । देशको भु-भाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु रातारात राष्ट्रवादी भएका छन ।

कमरेड ! आँखै आगाडीका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने म । के म चेतनशील प्राणी हुँ ? के जिउनुको अर्थ यही हो ? कमरेड! हामी जीवित लाश बन्ने कहिलेसम्म ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिरहन्छन यी प्रश्नहरुले मलाई । कमरेड ! यी मेरो जिज्ञासा र छटपटीवाटै छिट्टै मुक्त हुनेछु भन्ने बिश्वासका साथ बिदा ।

तपाइले जाने बुझेको
जितमान पुन मगर (क.मार्शल)
पुर्ब ब्रिगेड  कमान्डर
जनमुक्ति सेना नेपाल

प्रतिक्रिया