पहिरोले स्काभेटरसहित तीन सवारी साधन पुर्दा दुईजना बेपत्ता

पहिरोले स्काभेटरसहित तीन सवारी साधन पुर्दा दुईजना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०७७
  • 4K
    Shares

बागलुङमा गएराती स्काभेटरलगायत तीन सवारी साधन पहिरोले पुर्दा दुईजना बेपत्ता भएका छन्।

बागलुङ नगरपालिका–१ निरयघाट नजिक गएराति साढे आठ बजे खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर तथा नम्बर नखुलेको एक स्काभेटर पुरिएको हो।

सो पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक भने सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी पहिरो खसेको र त्यही पहिरो सफा गर्ने क्रममा माथिबाट आएको पहिरोले त्यति धेरै क्षति पुर्याएको प्रहरीको दाबी छ।

घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए।

पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।

प्रतिक्रिया