नेपालमा पहिलोपटक बिदेशी नागरिकको कोरोनाकाकारण मृत्यु, पोखरामा कार्यरत चिनियाँ महिलाको काठमाण्डौमा मृत्यु

नेपालमा पहिलोपटक बिदेशी नागरिकको कोरोनाकाकारण मृत्यु, पोखरामा कार्यरत चिनियाँ महिलाको काठमाण्डौमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ साउन २०७७
  • 4.5K
    Shares

नेपालमा पहिलोपटक बिदेशी नागरिकको कोरोनाकाकारण मृत्यु भएको छ।  पोखरामा कार्यरत ४६ वर्षीया चिनियाँ महिलाको उपचारका क्रममा साउन २ गते काठमाण्डौस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती चिनियाँ महिलालाई स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना गरिएको थियो।  त्यहाँ उपचार हुन् नसकेपछि थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट ग्राण्डी अस्पताल लगिएको थियो । त्यहाँ उनको स्वाब परीक्षण गरी हेर्दा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  जानकारी दिएको छ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणकाकारण ४२ जनाको मृत्यु भएको छ।  नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । ती मध्ये १२ हजार छसय ८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार