अज्ञात समूहद्वारा अन्धाधुन्द गोली चलाउँदा डीएसपीसहित आठ प्रहरी मारिए

अज्ञात समूहद्वारा अन्धाधुन्द गोली चलाउँदा डीएसपीसहित आठ प्रहरी मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ असार २०७७
  • 3.6K
    Shares

भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा अज्ञात समूहले बिहीबार राति करिब एक बजे अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका छन्।  केही प्रहरीहरु घाइते छन् ।

लामो समयदेखि फरार रहेका अभियुक्त विकास दुवेलाई पक्राउ गर्न बिकरु गाउँ  पुगेका बेला प्रहरी टोलीमाथि घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । प्रहरीको प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया